https://www.secureoff.com/

https://www.imiglioriviniitaliani.com/css/maps/text/

https://mastercopyprint.com/assets/fonts/text/

https://www.paulobotelholeiloeiro.com.br/vendor/text/

https://sitiodobeto.com.br/

Rp8888

Rp8888

Rp8888

https://buahtangan.24hour.id/wp-includes/assets/

Rp888

Rp8888

https://www.imiglioriviniitaliani.com/

Rp888

Rp8888

https://www.imiglioriviniitaliani.com/images/file/

https://jaffa.ua/img/SITUS-RP8888/

Rp8888

https://www.romualdpetit.fr/img/index.html

एनआरएनए जापानद्धारा पारदर्शि आयव्यय सार्वजनिक, कोषको रकम हस्तान्तरण नभएपनि २३ लाखको काम - NRNA Kansai

एनआरएनए जापानद्धारा पारदर्शि आयव्यय सार्वजनिक, कोषको रकम हस्तान्तरण नभएपनि २३ लाखको काम

एनआरएनए जापानद्धारा पारदर्शि आयव्यय सार्वजनिक, कोषको रकम हस्तान्तरण नभएपनि २३ लाखको काम

Aug 17, 2021 12:06 pm

टोकियो।

गैर आवासिय नेपाली संघ जापानले पाँच महिनाको अवधिका नयाँ कार्यसमितिले गरेका काम तथा आम्दानी र खर्चको विवरण पारदर्शि रुपमा सार्वजनिक गरेको छ ।

२०२१-२३ कार्यसमितिले हरेक तीन महिनामा आर्थिक तथा प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाए अनुसार पारदर्शि रुपमा विवरण सार्वजनिक गरिएको कोषाध्यक्ष कृष्ण शर्मा गैरेले जानकारी दिनुभयो ।

कोषाध्यक्ष गैरेका अनुसार निवर्तमान कार्यसमितिका कोषाध्यक्षबाट हस्तान्तरण हुनुपर्ने एनआरएनए जापानको कोषमा रहेको करोडौं रकम अझैसम्म बुझबुझारथ नहुँदा तोकिएको समयभन्दा ढिलो गरि विवरण सार्वजनिक गर्नुपरेको हो ।

निवर्तमान कार्यसमितिले संस्थागत मूल्य मान्यता विपरित, गैर कानुनी तवरले करोडौं रकम गुपचुप पारेको अवस्थामा पनि केवल ४ सय ७० येनबाट सुरु गरेर पाँच महिनाको अवधिमै करिव २३ लाख रकमको गतिविधि गर्न सफल भएको गैरेले जानकारी दिनुभयो ।

कोषाध्यक्ष गैरे र सह कोषाध्यक्ष दिपक सुनारको तर्फबाट प्रस्तुत त्रैमाशिक आय व्यय विवरण अनुसार एनआरएनए जापानले यस अवधिमा कुल आम्दानी २२९०,१३६ येन गरेको छ । यसैगरि १७९०,०२० खर्च हुँदा एनआरएनए जापान ५००,११६ येन बचत गर्न सफल भएको छ ।

यद्यपी यसमा एनआरएनए जापानलाई सहयोग गर्ने सहयोगी दाताबाट ६०,००० येन प्राप्त हुन बाँकी रहेको विवरणमा उल्लेख छ ।

कार्य प्रगति विवरण तर्फ एनआरएनए जापानले पाँच महिनाको अवधिमा जुझारु क्षेत्रिय कार्यसमिति, सक्रिय एनआरएनए कार्यसमिति अनि हाम्रो एनआरएनए राम्रो एनआरएनए बनाउन झकझकाई रहने जापानवासी नेपालीहरुको साथ र सहयोगबाट ४ येनबाट सुरु गरेरनै दशौं लाखको सामाजिक काम गर्न सम्भव भएको उल्लेख गरेको छ ।

सार्वजनिक विवरणमा आर्थिक श्रोत अभावका बिच पदप्रति निष्ठावान, जापानवासी नेपालीहरुप्रति जवाफदेही र कामप्रति कर्तव्यनिष्ठ कार्यसमितिलाई सबैतर्फबाट सहयोग जुट्दा अपेक्षाकृत कामहरु गर्न नसकेपनि वर्तमान कार्यसमितिले धेरै उदाहरणिय रचनात्मक कामहरुको सुरुवात र निरन्तरता दिएको विवरणमा उल्लेख छ 'विभिन्न कारणवस चाहेरपनि कोभिड बिरुद्धको खोप लगाउन असमर्थ हुनुभएका जापानमा रहनुभएका करिव ३ हजार नेपालीहरुलाई खोप लगाउन सहयोग, आईएचएनओसँगको सहकार्यमा ५० जना विद्यार्थीलाई दुई बर्षसम्मको लागि मासिक तीन मान छात्रबृत्ति, एनआरएनए डे को अवसर पारेर नेपालमा १२ जना आर्थिक अभावमा रहेका बालबालिकालाई एक बर्षसम्मको सम्पूर्ण खर्च सहयोग, एम्बीसी कप क्रिक्रेटमा सहभागी नेपाली टिमलाई आवश्यक सबै खर्च सहयोग, कोभिड जोखिमका बिच सर्तकता र स्वास्थ्य जानकारीहरु उपलब्ध गराउने, ईण्डोनेशियामा एक दशक देखी जेलमा रहेका नेपालीलाई छुटाउन आर्थिक श्रोत जुटाउन पहल तथा सफल, नेपाल सरकारका परराष्ट्र मन्त्रीसँग भेटगरि जापानको लागि क्षमतावान राजदूत तत्काल नियुक्त गर्न पहल तथा अन्य दुई देशिय विविध विषयमा छलफल, आत्महत्या रोकथाम सम्वन्धि अनलाईन प्रशिक्षण, भूकम्प सम्वन्धि पूर्व तयारी सुरक्षाको जानकारी, बिदेशमै रहेर नेपालको बैंकमा खाता बोल्न सकिने बारेमा नेपाल सरकार अर्थ मन्त्रालयसँगको समन्वयमा वित्तय जानकारी हुँदै अँग्रेजी नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत संचालन गर्दै आईरहेको छ ।'

धैर्यता र संयमता अपनाउँदै असन्तुष्ट पक्षलाई पनि यसबिचमा समेटेर उनिहरुको बिचारलाई पनि सम्वोधन गर्दै अगाडि बढ्ने हरसम्भव प्रयास गरेपनि नाजायज माग र पराजयको प्रतिशोधमात्रै साँध्नेगरि उठाईएका विषयहरु अहिलेको सिंगो एनआरएनए जापान सहित आईसिसि वा जापानवासी नेपालीहरु कसैलेपनि पुरा गर्न र स्विकार गर्न असम्भव रहेको बताउँदै यस्तो अवस्थामा सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने भावना हुँदाहुँदै पनि असंगतिपूर्ण मागहरु राख्ने पक्षलाई साथमा नलिई आफ्नो काम र जिम्मेवारीलाई तिब्रताका साथ अगाडि बढाउने निचोडमा पुगेको एनआरएनए जापानले बताएको छ ।

आफ्नै हितको लागि आफ्नो परिश्रमको पैसा बुझाएर पनि आम्दानी र खर्चबारे बेखवर पारिएका जापानवासी नेपालीहरुको विगतको एनआरएनए जापानसँगको कारोबार जतिसक्दो छिटो एकएक येन पारदर्शिरुपमा सार्वजनिक गर्ने प्रतिबद्धता गर्दै एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्धारा हस्ताक्षरित कार्यप्रगति विवरणमा त्रैमाशिक रुपमा कार्य प्रगति विवरण र आर्थिक हिसाबकिताव सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेपनि अघिल्लो कार्यसमितिबाट हस्तान्तरण हुनुपर्ने आयव्यय विवरण र मौज्दात रकम बुझबुझारथ हालसम्म नहुँदा त्यसकै प्रतिक्षामा रहनपुग्दा ढिलो हुन गएकोमा क्षमा माग्दै आगामी दिनमा भने त्रैमासिक रुपमा सबै विवरण नियमित रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ 'यस बिचमा हामीलाई सबैखाले साथ सहयोग र हौसला प्रदान गर्नुहुने जापानवासी नेपालीहरु, एनआरएनए आईसिसि प्रतिनिधि, एशिया प्यासिफिक, जापानमा रहेका सबै संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायि, पत्रकार सबैसबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । आगामी दिनमा पनि एनआरएनए जापानको कामहरुमा यस्तै साथ र सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गर्दछौं ।'

स्रोत : जापानसमाचार